कालिकोटको तिला कर्णाली बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका हिक्मत विजयी

कालिकोटको तिला कर्णाली बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका हिक्मत विजयी


सुर्खेत – कालिकोटको तिला कर्णाली बहुमुखी क्याम्पसमा स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका हिक्मत सिंह विजयी भएका छन् ।

आइबार भएको निर्वाचनमा उनले ८६ मतसहित निर्वाचित बनेका हुन् । उनले उनका प्रतिद्वन्द्वी अनेरास्ववियू एसका रम्बा कुमारी शाहीलाई पछि पारेका हुन् ।

तिला कर्णाली बहुमुखी क्याम्पस मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस अन्तर्गत पर्दछ । यस क्याम्पसमा जम्मा मतादाता संख्या २१३ मतदाता रहेका छन् ।