२३ वटा निर्माण कम्पनी कालोसूचीमा

२३ वटा निर्माण कम्पनी कालोसूचीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सरकारले २३ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।

विभिन्न सार्वजनिक निकायले गरेको सिफारिसका आधारका जिम्मा लिएको काम समयमै पूरा नगर्ने २३ निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सूचना जारी गर्दै २३ निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो।