समयमै पाठ्यपुस्तक उपलब्ध नगराएपछि जनक शिक्षाका प्रमुखमाथि विप्लवका विद्यार्थीले दले मोसो


काठमाण्डु – जनक शिक्षा सामाग्री केन्द्रका प्रमुख अनिलकुमार झामाथि कालोमोसो दलिएको छ ।

जनक शिक्षा सामाग्री केन्द्रबाट पाठ्यपुस्तकको आपूर्तिमा चरम अभाव सिर्जना गरेको भन्दै विप्लव नेतृत्वको नेकपानिकट अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताले झामाथि कालोमोसो दलेका हुन् ।

अनेरास्ववियू (क्रान्तिकारी) का उपाध्यक्ष नरेन्द्र विकले उक्त घटनाको जिम्मा लिएका छन् । उनले समयमा विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध नगराएकाले आफूहरूले कारबाहीस्वरूप झालाई कालोमोसो दलेको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement