यी ७ निर्माण कम्पनी परे कालोसूचीमा

यी ७ निर्माण कम्पनी परे कालोसूचीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– ७ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा परेका छन् ।

विभिन्न सार्वजनिक निकायहरूको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सूचना जारी गर्दै ७ कम्पनीलाई कालोसूचीमा राखेको हो ।

कालोसूचीमा पर्नेहरूमा अनुप कन्स्ट्रक्सन, गोरिल निर्माण सेवा, कृपा इन्जिनियरिङ्ग, गंगोत्री देवी निर्माण सेवा, अंसुमन निर्माण सेवा, अच्युत कन्स्ट्रक्सन र नेपाल विद्युत प्राधिकरणको सिफारिसमा इटालीको ‘एम/एस ईएलसी इलेक्ट्रोकन्सल्ट’ रहेका छन् ।

सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम ती कम्पनीहरूलाई १ देखि २ वर्षसम्मका लागि प्रतिबन्ध लगाइएको छ।