काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवं पूर्वपरराष्ट्रमन्त्री कमल थापाले लेखेको नयाँ पुस्तक सार्वजनिक भएको छ।
सम्वर्द्धन पब्लिकेसन्सद्वारा प्रकाशित अंग्रेजी भाषाको ‘रीइम्याझिनिङ नेपाल : अ न्यू पाथ टु नेशनल रेनाइसेन्स’ शीर्षकको पुस्तक शनिबार अपराह्न सार्वजनिक भएको हो ।
काठमाडौंको भाटभटेनी, टङ्गालस्थित आम्रपाली ब्याङ्क्वेटमा शनिबार दिउँसो आयोजना गरिएको एक विशेष समारोहबीच उक्त पुस्तकको विमोचन गरिएको हो ।
नेता थापा राजनीतिसँगै अध्ययन-अनुसन्धान र लेखनमा निरन्तर सक्रिय रहँदै आएका छन्। यसअघि उनका ‘नाकाबन्दी र भूराजनीति’, ‘द्वन्द्व व्यवस्थापन र चुनौती’, ‘बहिनीलाई चिट्ठी’ तथा ‘संवर्धनवादः राष्ट्रिय पुनर्जागरणको प्रस्ताव’ जस्ता पुस्तकहरू प्रकाशित भइसकेका छन्।
काठमाडौँ क्षेत्र नं. ५ बाट उम्मेदवार समेत रहिसकेका उनी पूर्वराष्ट्रिय लङ टेनिस खेलाडी समेत छन्।
अध्ययनशील नेताका रूपमा परिचित थापाको यो नयाँ कृतिले नेपालको राष्ट्रिय पुनर्जागरण, विकास, प्रजातन्त्र र पहिचानका विविध आयामहरूलाई समेटेको छ।






प्रतिक्रिया