राजादेखि माओवादीसम्म अटाउने राजनीतिक प्रणालीको विकास गर्नुपर्छ : कमल थापा


काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राजादेखि माओवादीसम्म अटाउने राजनीतिक प्रणालीको विकास गर्नुपर्ने बताएका छन् ।

२०३औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा शुक्रबार पार्टीले काठमाण्डुमा आयोजना गरेको चियापान कार्यक्रममा उनले सबै देशभक्त, प्रजातान्त्रिक शक्तिहरूबीचको बृहत् मोर्चा बनाएर मात्रै मुलुकमा राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापना गर्न सकिने बताए ।

कसैलाई पनि निषेध नगर्ने खालको राजनीतिक प्रणालीको विकास गर्न सके मात्रै मुलुकमा शान्ति, राजनीतिक स्थायित्व र आर्थिक विकास सम्भव हुने उनले बताए । पृथ्वीनारायण शाहको योगदान कुनै संस्था वा राजनीतिक व्यवस्थासँग मात्रै सम्बन्धित नभएकाले त्यसरूपमा हेर्न नहुने उनले बताए ।

उनले पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई राजकीय रूपमा मनाउन र उनको तस्वीर नेपाली नोटमा अंकित गर्न पनि सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement