अहिलेको सङ्कट समाधानको माध्यम नै निर्वाचन होः कमल थापा

अहिलेको सङ्कट समाधानको माध्यम नै निर्वाचन होः कमल थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको बताएका छन् । उनले यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने समेत बताए ।

मिडिया नेपालद्वारा आज दमकमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनले देशलाई स्थिरतामा लैजाने हुँदा यसलाई अवसरका रुपमा उपयोग गर्न राजनीतिक दलसँग आग्रह गरे ।

उनले भने, ‘निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ । निर्वाचनले देशलाई स्थिरतामा लैजान्छ । ताजा जनादेश लिन सबै राजनीतिक दल निर्वाचनमा जानुपर्छ ।’

नेकपालाई सरकार चलाउन जनताले दुई तिहाइको जिम्मेवारी दिए पनि तीन वर्षमा नै प्रतिनिधिसभा विघटन गरेर संवैधानिक सङ्कट आएको उनको भनाइ थियो ।

उनले संसद् विघटनसम्बन्धी सर्वोच्च अदालतको फैसला पार्टीलाई स्वीकार्य हुने पनि बताए ।