आफ्ना प्यानलका नेतासँग कमल थापाको आकस्मिक छलफल


काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा पराजित कमल थापाले आफ्नो प्यानलका नेताहरुसँग आकस्मिक छलफल गरेका छन् । थापा समूहले एकता महाधिवेशनमा पराजित भएपछि याक एण्ड यति होटलमा अहिले समीक्षा बैठक गरेका हुन् ।

चुनावी परिणाम आएलगत्तै थापा प्यानलमा रहेका नेताहरु छलफलमा जुटेका हुन् । अध्यक्षमा थापा राजेन्द्र लिङ्देनसँग पराजित भए पनि प्यालनका हिसाबले भने उनकै वर्चस्व छ । तर अध्यक्षमा पराजित हुनुको कारणबारे बैठकमा कुराकानी भइरहेको एक नेताले जानकारी दिए ।
आइतबार बिहान घोषणा भएको मत परिणामअनुसार अध्यक्षमा लिङ्देनले थापालाई पराजित गरेका हुन् । यस्तै महामन्त्रीमा लिङ्देन प्यानलकै धवलशमशेर राणा विजयी भएका छन् ।

तीन महामन्त्रीमध्ये बाँकी दुईमा थापा प्यानलका भुवन पाठक र कुन्तीकुमारी शाही विजयी भए । त्यस्तै उपाध्यक्षमा थापा प्यानलका विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र रोशन कार्की विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement