कमल थापाले गरे नयाँ कार्यसमितिको सपथग्रहण समारोह बहिस्कार


काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सपथग्रहण समारोह बहिस्कार गरेका छन् ।

आइतबार प्रज्ञा भवनमा आयोजना गरिएको नवनिर्वाचित कार्यसमितिको सपथग्रहण समारोह थापाले बहिस्कार गरेका हुन् । हालै सम्पन्न पार्टीको महाधिवेशनबाट थापा अध्यक्ष पदमा पराजित भएका थिए ।  शनिबार भएको निर्वाचनमा युवा नेता राजेन्द्र लिङ्देनले १८४४ मत ल्याएर विजयी भए भने थापाले १६१७ मत ल्याएर पराजित भएका हुन् ।

निवर्तमान अध्यक्षद्धय पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी भने कार्यक्रममा उपस्थित छन् । थापाले भने पार्टीको महाधिवेशनमा पूर्व राजाले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement