लिङ्देनसँग हारेका थापाले सम्झिए पुरानो गीत – यसपालि त मनै फाट्यो…


काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्षमा पराजित भएपछि कमल थापाले एउटा पुरानो गीत सम्झिएका छन् । थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत पुरानो गित सम्झिएको बताएका हुन् ।

उनले राजेन्द्र थापाको गीतका केही हरफसमेत ट्वीट गरेका छन् । यो गीतलाई अरूणा लामाले गाएकी थिइन् । ‘मेरो अन्तर्मनभित्र मेरो मान्यतामाथि गंभीर प्रश्न चिन्ह खडा भएको अहिलेको अवस्थामा कवि राजेन्द्र थापाको यो कविता सम्झन मन लाग्यो । पोहोर साल खुशी फाट्दा जतन गरि मनले टाले त्यहि साल माया फाट्यो । त्यसलाई पनि मनले टाले यसपाली त मनै फाट्यो केले सिउने केले टाल्ने हो ?’ उनले ट्वीटमा लेखेका छन् ।

अध्यक्षमा पराजित भएपछि थापाले लगातार ट्वीट गरिरहेका छन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाह र  हिमानी शाहप्रति पनि आक्रोश पोखेका छन् । थापाले आफू अध्यक्ष पदमा पराजित हुनुमा पूर्वराजा शाहको हात भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement