कला र मनोरञ्जन

कामना अवार्डको आवेदन खुल्यो

काठमाडौं – कामना न्यूज पब्लिकेसनले ‘कामना फिल्म अवार्डस् २०७६’ का लागि आवेदन खुला गरेको छ ।

Dish Home

पब्लिकेसनले एक बिज्ञप्ती जारी गर्दै अवार्डका लागि आवेदन आह्वान गरेको हो । २०७५ साल भित्र निर्माण प्रदर्शनमा आएका फिल्मले अवार्डमा सहभागिता जनाउन पाउने छन् ।

पब्लिकेसनका कार्यकारी अधिकृत दिरेकलाल श्रेष्ठले पब्लिकेसन अध्यक्ष एवं वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको हालै निधन भए पनि श्रेष्ठको चाहना अनुसार अवार्डलाई निरन्तरता दिन लागेको बताए ।

कामनाको ३५औं वर्षिक उत्सवमा अवार्ड आयोजना गरिनेछ । स्टार अफ द इयर विधा थपिएसँगै ३२ विधामा अवार्ड प्रदान गरिँदै आएको छ । यो अवार्ड प्रतिस्पर्धामा रहेका सम्पूर्ण २६ विधामा जुनसुकै विधामा पनि भाग लिन पाइने आयोजकले जनाएको छ ।

अवार्डमा चलचित्र क्षेत्रमा पु¥याएको योगदानका आधारमा पर्दामा देखिने तथा पर्दापछाडि बसेरकाम गर्ने एक–एकजनालाई जनही १ लाख रुपैयाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम एचिभमेन्ट अवार्ड) प्रदान गरिनेछ ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Prabhu Bank
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Salt Trading
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top