कायममुकायम प्रधानसेनापति गिरी जनता आवास कार्यक्रमको प्रगति निरिक्षणमा 


काठमाडौं– कायममुकायम प्रधानसेनापति रथी शरद कुमार गिरीले जनता आवास (बारा र पर्सा) कार्यक्रमको निरीक्षण भ्रमण गरेका छन् । 

बारा र पर्सा जिल्लाका हावाहुरी प्रभावित क्षेत्रमा जनता आवास कार्यक्रम सञ्चालनार्थ विभिन्न १२ स्थानहरुमा १२ वटा समूह बनाएर एकै पटक घर निर्माण गर्ने योजना अनुरुप गत बैशाख १४ गतेबाट नेपाली सेनाले गरिरहेको पुनर्निर्माणको कायममुकायम प्रधानसेनापति रथी गिरीले निरीक्षण भ्रमण गरेका हुन् ।   

भ्रमणको दौरान जनता आवास कार्यदलका कमाण्डर, बारा र पर्सा जिल्लामा तैनाथ गणका गणपतिहरु र उक्त कार्यदलको अपरेशन अधिकृतले हालसम्म भएका कार्य प्रगति तथा भविष्यमा गरिने निर्माण योजनाको जानकारी गराएका थिए ।

सोहि अवसरमा कायममुकायम प्रधानसेनापति गिरीले बारा जिल्लामा ४ वटा क्लस्टर (परवानीपुर र चैनपुर, खटुवाजग्दी, पुरैनिया र छोट्की फुलवरिया) हरुको स्थलगत निरीक्षण गरी हावाहुरी पिडितहरुसंग अन्तरक्रिया समेत गरेका थिए ।  

सैनिक जनसम्र्पक निर्देशनालयकाअनुसार रथी गिरीको निरीक्षण भ्रमणको दौरान नेपाली सेनाका रथीबृन्द, हावाहुरी प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement