कञ्चनपुरमा निरन्तर वर्षा, नदी खोला आसपासमा सावधानी अपनाउन आग्रह

कञ्चनपुरमा निरन्तर वर्षा, नदी खोला आसपासमा सावधानी अपनाउन आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कञ्चनपुरमा सोमबार बिहानैदेखि ठूलो पानी परिरहेको छ । खल्लागोठ र शान्तिपुर बेलौरी क्षेत्रहरू भई बहने सिहाली, दोदा (मछेली) लगायत स–साना खोलाहरूमा बहाव बढ्न सक्ने भएकोले तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

आइतबार बेलुकीसम्म धेरै ठाउँमा ठूलो पानी परे पनि राति भने सामान्य वर्षा मात्रै भएको छ । तर पश्चिमी भेगमा सोमबार पनि ठूलो पानी पर्न सक्ने भएकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।