कञ्चनपुरमा विद्यार्थी संगठनले गरे शैक्षिक हड्तालको घोषणा, यस्तो छ कारण


पहिलाद राना
कञ्चनपुर– तीन विद्यार्थी संगठनले शैक्षिक विकृतीविरुद्ध उठाएका माग पुरा नगर्दै शिक्षामा लागेको तालाबन्दी तोडेको विरोधमा शैक्षिक हड्तालको घोषणा गरेका छन्।

 

आइतबार महेन्द्रनगरमा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी र अखिल छैटौँले संयुक्त पत्रकार सम्मेलन गर्दै तीन संगठनले शिक्षा कार्यालयमा लगाएका थिए।

 

तर, सहमति बिनै ताला खोलेको भन्दै विद्यार्थीले निजी विद्यालयमा शैक्षिक हड्तालको घोषणा गरेका हुनु।

 

 

अवैधानिक निजी विद्यालय बन्द लगायतका कञ्चनपुरको शैक्षिक सुधारका लागि शिक्षा, प्रशासन र विद्यार्थी संगठनबीच भएको सम्झौता कार्यान्वनको माग राख्दै तीन विद्यार्थी संगठनले गत असोज तेस्रो सातादेखि शिक्षा कार्यालयमा तालाबन्दी गरेका थिए।

 

 

आन्दोलनरत पक्षसँग वार्ता र माग सम्बोधन नगरिक नै शिक्षा कार्यालयमा लगाएको ताला तोड्ने काम भईरहेको भन्दै उनीहरुले षड्यन्त्रविरुद्धमा घोर आपत्ती समेत प्रकट गरेका छन्।

 

शिक्षा कार्यालयले आन्दोलनरत पक्षसंग वार्ता गर्न छाडेर समन्वय समितिसंग धाएर विद्यार्थी बिरुद्धमा माहोल सिर्जना गरेका कारण त्यसको प्रतिफल स्वय शिक्षा कार्यालय हुने समेत दावि गरेका छन्।

 

अखिल छैटौँका केन्द्रीय सचिव महेश दत्त जोशीले कञ्चनपुरको समग्र शैक्षिक सुधारका लागि संयुक्त विद्यार्थी संगठनले चार बर्षदेखि निरन्तर आन्दोलन थाल्दै आएको बताउदै विद्यार्थी संगठनले उठान गरेका माग सम्बोधन नगरेरै ताला तोडे त्यसको शसक्त प्रतिकार गर्ने चेतावनी दिए। जनप्रतिनिधीहरुले जनसरोकारका विषयमा ध्यान दिनुको साटो शैक्षिक माफियाहरुलाई साथ दिएको उनको चेतावनी छ।

 

 

‘विद्यार्थी संगठनले शैक्षिक विकृतीका बिरुद्ध उठान गरेका माग सम्बोधन गरे मात्रै ताला खुल्छ, ‘उनले भने, ‘सत्ताको दाउमा जबरजस्त ताला तोडे त्यसको परिमाण स्वय जिम्मेबार निकायले भोक्नुपर्छ ।’

 

 

 

अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष विरेन्द्र राज विष्टले गत बैशाखमा जेठ मित्रै विद्यार्थी संगठनले अघि सारेका शैक्षिक मुद्दा सम्बोधन गर्ने सम्झौता गरेपनि शिक्षाले शैक्षिक सत्र वितिसक्दा पनि विद्यार्थी संग गरेका सम्झौता उलङघन गरेको बताए।

 

 

‘हामी आन्दोलनपक्ष विद्यार्थी संगठन सित शिक्षा र प्रशासनले महिनादिन भित्रै माग सम्बोधन गर्ने सहमती गरेका थिए, ‘अध्यक्ष विष्टले भने, ‘तर शिक्षाले आज आएर हाम्रा शैक्षिक सुधारका माग फालिदिएको छ ।’ माग पुरा नगरे चरणबद्ध रुपमा आन्दोलन छेड्ने क्रान्तिकारीका अध्यक्ष विष्टले चेतावनी दिनुभयो।

 

 

 

नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय सदस्य विष्णू दत्त जोशीले शिक्षामा सरकारले लगाएको लगानी खेर गईरहेको बताउदै उक्त कार्य कञ्चनपुर शिक्षाले गरेको आरोप लगाए ।

 

 

 

निजी विद्यालयबाट अवैध अशुल, सामुदायिक विद्यार्थीको सुधारमा चासो नदिएका कारण शिक्षामा सरकारको लगानी खेर गईरहेका बिरुद्धमा आन्दोलन छेडिएको बताए । ‘जिल्ला शिक्षा कार्यालयको अवैध कामका बिरुद्धमा हाम्रो आन्दोलन हो, ‘उनले भने, ‘अवैध काम रोकिए आन्दोलन पनि रोकिन्छ ।’

 

प्रतिक्रिया दिनुहोस
Advertisement