कञ्चनपुरको पुनर्वासबाट अठार किलो सुन बरामद, एक जना पक्राउ


काठमाडौं – कञ्चनपुरबाट प्रहरीले अठार किलो सुन बरामद गरेको छ । कञ्चनपुरको पुर्नवास नगरपालिका–२ दशरथबस्तीबाट प्रहरीले अठार किलो सुन बरामद गरेको हो ।

विशेष सुराकीका आधारमा काठमाडौंबाट गएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी), अपराध महाशाखा, जिप्रका कैलाली र कंचनपुर तथा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको संयुक्त टोलीले बिहीबार बिहान खानतलासी गर्दा लुकाईछिपाई राखेको अवस्थामा उक्त्त परिमाणको सुन बरामद गरेको हो।

पुनर्वास–२ दशरथबस्ती स्थित शंकर बिकको घरवाट सुनका १०८ वटा सिक्का प्राप्त भएको र सो को तौल १८ किलो भएको प्रहरीले जनाएको छ। सुनसँगै एक ब्यक्तिलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको पनि प्रहरीले जानकारी दिएको छ। ‘विशेष सुराकीका आधारमा लुकाएर राखेको सुन बरामद भएको हो।

प्रतिक्रिया दिनुहोस
Advertisement