कञ्चपुरमा फेरि अर्की किशोरी सामुहिक बलात्कृत, बलात्कारी फरार


विमल धामी

कञ्चपुर – कञ्चनपुरमा एक किसोरीमाथि सामुहिक बलात्कार भएको छ । निर्मला पन्तको बलात्कारपछि भएको हत्या र त्यसको अनुसन्धानलाई लिएर आन्दोलन मत्थर भइनसक्दै किशोरी बलात्कृत भएकी छन् ।

बेल्डाँडी गाउँपालिकामा बिहीबार राति किशोरी बलात्कृत भएकी हुन् । पीडितले इलाका प्रहरी कार्यालय, बेल्डाँडीमा दिएको जानकारी अनुसार उनीमाथि सामूहिक बलात्कार भएको छ ।

किशोरीको घरमा पुजा थियो । पुजाको मौकाछोपी चार युवक घरमा आएका थिए। युवकले युवतीलाई घरबाट टाढा लगेर सामुहिक बलात्कार गरेको खुलेको छ । इलाका प्रहरी कार्यालय बेल्डाँडीका प्रहरी प्रमुख सुरेन्द्र बहादुर बमले बालिकाको घरमा पुजा चलिरहेका बेला मोटरसाईकलमा गएका युवकले फोन गरेर बालिकालाई सडकमा बोलाएर बलात्कार गरेको बताए ।

सडकका पुगेकी ति बालिकालाई अपहरणशैलीमा मोटरसाईकलमा राखेर युवकहरुले घरदेखि अर्को गाँउ जब्दा भन्ने ठाँउमा गरेर सामुहिक बलात्कार गरेको पीडित बालिकाले प्रहरी समक्ष बयान दिएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रमुख एसपी कुवेर कडायतले घटनाको बारेमा प्रहरीमा मौखिक जानकारी आएको स्वीकारे । ‘म आफैं अहिले घटनास्थलमा आएको छु’, उनले भने, ‘अनुसन्धान सुरु गरेका छौं ।’ उनका अनुसार प्रहरीले अहिले पीडित युवतीको स्वास्थ्य परीक्षण गर्ने तयारी गरिरहेको छ । कडायतले पीडक पहिचान रहेको भन्दै उनीहरुको खोजी जारी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement