कञ्चनपुरमा ओली र प्रचण्ड–नेपाल समूहबीच झडप, डीएसपीको कमाण्डमा सुरक्षाकर्मी खटाइयो


काठमाण्डु – कञ्चनपुरमा नेकपाको केपी ओली समूह र प्रचण्ड–नेपाल समूहका नेता कार्यकर्ताबीच झडप भएको छ ।

पार्टी कार्यालय कञ्चनपुरमा प्रचण्ड–नेपाल समूहले बैठक बोलाएपछि उक्त समूहलाई प्रयोग गर्न नदिन पार्टी कार्यालयमा ओली समूहले तालाबन्दी गरेको थियो ।

प्रचण्ड–नेपाल समूहका नेता कार्यकर्ता मुख्य गेटको ताल तोडेर भित्र प्रवेश गरेपछि झडपको स्थिति सिर्जना भएको कञ्चनपुर प्रहरी प्रवक्ता डीएसपी अमर बहादुर थापाले जानकारी दिए ।

पार्टी कार्यालयमा झडप भएपछि हाल स्थानीय प्रशासनले नेकपाको पार्टी कार्यालयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका डीएसपीको कमाण्डमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement