सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी (तस्विरसहित)

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी (तस्विरसहित)


काठमाण्डु- सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ । सिंहदरबार प्रहरीका अनुसार खानेपानी तथा सरसफाइ मन्त्रालयको चौथो तलामा खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा आगलागी भएको हो । बारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिइएको छ । आगो कसरी लाग्यो भन्ने खुलेको छैन ।

दमकलको सहायतामा आगलागी नियन्त्रणमा लिइएको छ । आगो लाग्नेबित्तिकै थाहा भएका कारण प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ ।

घटना शंकास्पद रहेकाले मन्त्रालयका दुई जना सुरक्षा गार्डलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।