कंगनासँग किन भिड्न चाहेनन् ऋतिक रोशन ?


एजेन्सी – बलिउडका चर्चित अभिनेता ऋतिक रोशन र नायिका कंगना रनौतविचको भिडन्त फेरि एक–पटक टरेको छ । नायक रोशन अभिनित चलचित्र ‘सुपर ३०’ जुलाई २६ मा रिलिज गर्ने तयारी गरिएको थियो । तर, यहि मितिमा नै नायिका कंगना रनावतको चलचित्र ‘मेन्टल हे क्या’ले समेत प्रदर्शन मिति तोकेपछि ऋतिक तनावमा आएका थिए ।

ऋतिकसँग चलचित्र जुध्ने भएपछि विशेषगरि, सामाजिक तल्लो स्तरका शब्द प्रयोग गरिएका गाली गलौज सुन्न थालिएको थियो । यही कुरालाई मध्यनजर राख्दै ऋतिकले यो मितिमा चलचित्र रिलिज नगर्ने घोषणा गरेका छन् ।

ऋतिकले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ–‘मेरो चलचित्र रिलिजका लागि तयार छ । तर, यो भिडन्तमा देखिएको मानसिक र निजी तनावबाट बच्नका लागि म मेरा निर्माता–निर्देशकलाई चलचित्रको रिलिज डेट पछि सार्न आग्रह गर्दछु ।’

ऋतिकले घुमाउरो शैलीमा विगत केही समयदेखि कंगनाको कारणले गर्दा आफूले अनावश्यक तनाव झेलिरहेको र त्यसले मानसिक रुपमा समेत तनाव भएको उल्लेख गरेका छन् । ऋतिकको यो चलचित्र जनवरी २५ मा नै रिलिज गर्ने तयारी गरिएको थियो । तर, सो समयमा पनि कंगनाको चलचित्र ‘मनिकर्णिका’का कारण उनी जुलाइमा सरेका थिए । तर, यसपटक पनि कंगनाका कारण हुने मानसिक तनावबाट बच्नका लागि उनले चलचित्रको रिलिज डेट सारेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement