अभिनेत्री कंगना रनौतको बंगलामा डोजर चल्यो


एजेन्सी – अभिनेत्री कंगना रनौतको बंगलामा मुम्बई महानगरपालिकाले डोजर चलाएको छ ।

कंगना रनौतले यो कारवाहीको तस्बिर ट्वीट गरेकी छिन् । उनले मुम्बईको पुनः तुलना पाकिस्तान प्रशासित कश्मिरसँग गरेकी छिन् ।

कंगना बुधबार नै हिमाचल प्रदेशबाट मुम्बई फर्किरहेकी छिन् । उनले बाटोबाटै ट्वीट गर्दै लेखिन्, ‘यस्तो समय जब म मुम्बई दर्शनका लागि एयरपोर्ट जाँदै छु, महाराष्ट्र सरकार र उनीहरुका गुण्डाले मेरो सम्पत्तिलाई अवैध तरिकाले तोड्न पुगेका छन् ।’

यसैबीच समाचार एजेन्सी एएनआईले कंगना रनौतका वकिलले बम्बई हाई कोर्टमा बीएमसीको कारवाहीविरुद्ध अपिल दर्ता गरेका छन् जसमा आज सुनुवाई हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement