गायिका कनिका कपूरको चौथो रिपोर्ट पनि पोजेटिभ


एजेन्सी – कोरोना भाइरसबाट संक्रमित बलिउड गायिका कनिका कपूरको चौथो रिपोर्ट पनि पोजेटिभ आएको छ ।

लखनऊस्थित सञ्जय गान्धी स्वास्थ्य विज्ञान संस्थानमा उपचाररत कनिकाको स्वास्थ्यबारे सबैको चासो रहेका बेला चिकित्सकहरुले भने उनको स्वास्थ्य स्थिर रहेको बताएका छन् ।

सञ्जय गान्धी स्वास्थ्य विज्ञान संस्थानका निर्देशक डा आरके धिमानले कनिकाको स्वास्थ्य स्थिर र सुधारोन्मुख रहेको बताए । कनिकाले अब सहज रुपमा खाना खाइरहेको एएनआईले जनाएको छ ।

डा धिमानले मिडियामा फैलिएको कनिका गम्भीर विरामी भएको कुरा हल्लामात्रै भएको स्पष्ट पारे ।

यसअघि कनिकाले सामाजिक सञ्जालमार्फत परिवार र बच्चाको याद आइरहेको भन्दै आफू घर फर्किने समय पर्खिरहेको बताएकी थिइन् । उनले सबैलाई सुरक्षित रहन पनि अपिल गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement