कान्ति लोकपथ दैनिक ६ घण्टा बन्द हुने

कान्ति लोकपथ दैनिक ६ घण्टा बन्द हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- हेटौँडाबाट ठिंगन हुँदै काठमाण्डु जोड्ने कान्ति लोकपथ सडक १५ दिनसम्म दैनिक ६ घण्टा बन्द हुने भएको छ ।

ठिंगन–बगुवा सडक खण्डमा चट्टान कटान शुरु गर्न को लागि वैशाख १८ गतेदेखि जेठ १ गते दैनिक ६ घण्टा गाडी आवागमन बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

कार्यालयका अनुसार यस अवधिमा बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म गाडी आवागमन पूर्ण रूपमा रोकिनेछ ।

प्रशासनले यात्रुहरुको सुरक्षालाई ध्यानमा राख्दै यस अवधिमा काठमाण्डु–हेटौँडा यात्राका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।