काठमाण्डु – हेटौँडा-काठमाण्डु जोड्ने कान्ति लोकपथ गएरातिदेखि अवरुद्ध भएको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने बागमती पुलको साइडमा भरिएको ग्राभेल माटो पानी परेर आएको बाढीले बगाएपछि गएरातिदेखि कान्तिलोकपथ सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
कान्ति लोकपथ सडक अवरुद्ध रहेकाले हेटौँडा–काठमाण्डु आवतजावत गर्न वैकल्पिक सडक प्रयोग गर्न पनि प्रहरीले आग्रह गरेको छ ।
सडक अवरुद्ध भएपछि गाडी आवतजावत बन्द छ । अवरुद्ध सडक खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।
कान्ति लोकपथ सडक अवरुद्ध हुँदा हेटौँडा–काठमाण्डु आवतजावत गर्न वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ ।
यो सडकमध्ये कुलेखानी–कलङ्की–हुमाने सडक जेठ २गतेदेखि मर्मतका लागि १९ दिनका लागि बन्द गरिएको छ ।
प्रतिक्रिया