आफूमाथिका आरोप पुष्टि गर्न रवि लामिछानेलाई कैलाश सिरोहियाको ५ बुँदे चुनौती (पूर्णपाठ)


काठमाण्डु- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।

अध्यक्ष सिरोहियाले मंगलबार विज्ञप्ति जारी गर्दै लामिछाने कान्तिपुरमात्रै नभई समग्र नेपाली प्रेसको विश्वसनीयतामाथि नियोजित प्रहार गर्न उद्दत भएकाले त्यो आफूलगायत प्रेसकर्मीहरुलाई सह्य नहुने उनको भनाइ छ ।

लामिछानेले समग्र नेपाली सञ्चारजगत र सञ्चारकर्मीविरुद्ध विषवमन गर्ने शैलीमा जथाभावी निराधार लाञ्छनाहरू लगाएको भन्दै सिरोहियाले खेद व्यक्त गरेका छन् । ‘उहाँले आफ्ना गल्ती कमजोरी ढाकछोप गर्न वा त्यससम्बन्धी समाचार आउन नदिन समग्र नेपाली मिडियाको प्रतिष्ठा र विश्वसनीयतामाथि जसरी सुनियोजित प्रहार गर्न खोज्नुभएको छ, त्यो हामी स्वतन्त्र प्रेस र लोकतन्त्र पक्षधर जो कसैलाई पनि सह्य हुने छैन,’ अध्यक्ष सिरोहियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

No description available.No description available.

प्रतिक्रिया दिनुहोस
Advertisement