कुसुम श्रेष्ठ अभिनित पहिलो म्युजिक भिडियो ‘कान्छा कान्छी’ सार्वजनिक


काठमाडौं – कुनै बेला तरकारीवालीको रुपमा भाइरल भएकी भाइरल गर्ल कुसुम श्रेष्ठ अभिनित पहिलो म्युजिक भिडियो ‘कान्छा कान्छी’ सार्वजनिक भएको छ । भिडियोमा कुसुमले आरएल मोक्तानसँग रोमान्स गरेकी छन् ।

युट्युवमार्फत सार्वजनिक गरिएको भिडियोमा प्रेम गर्नेले मायालुले आफ्नो मायालाई छोडेर टाढा जाँदैन भन्ने सन्देश दिन खोजिएको छ ।
मकवानपुरको सिस्नेरी, कुलेखानी आसपसमा निकै आकर्षक तवरले छायाँकन भएको भिडियो आरएल मोक्तनले नै निर्देशन गरेका हुन् ।

लोक शैलीमा तयार भएको गीतमा निर्देशक मोक्तानकै शब्द, विकास चौधरीको संगीत छ । विकास चौधरी र चन्दा घिसिङले यसमा स्वर दिएका छन् । विक्रम कार्की टिमको छायाँकन रहेको गीतको भिडियो कृष्ण पाण्डेले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement