कपनमा हात मुख बाँधेको अवस्थामा एक महिलाको शव भेटियो


काठमाडौं – काठमाडौंको कपनस्थित तेन्जिङ चोकमा एक महिला मृत अवस्थामा भेटिएकी छन् ।

सोही स्थानमा डेरा गरि बस्ने ४० वर्षीय कमला कार्कीको हात मुख बाँधेको अवस्थामा शव प्रहरीले फेला पारेको बौद्ध वृत्तका डीएसपी रमेशबहादुर सिंहले जानकारी दिए ।

प्रहरीका अनुसार अनुसार दोस्रो विवाह गरेर कपनमा बस्दै आएकी कमलाले सोही स्थानमा किराना र मदिरा पसल चलाउँदै आएकी थिइन् । प्रहरीले कमलाको हत्या भएको जनाएको छ ।
प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement