कपिलवस्तुको वाणगंगामा श्रीमान्श्री-मती मृत फेला


कपिलवस्तु- कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर-८ ढोडेकोलमा श्रीमान्श्री-मती मृत फेला परेका छन् ।

बुधबार बिहान साढे ८ बजेतिर उनी मृत फेला परेको प्रहरीले जनाएको छ । ६० वर्षका श्रीमान् टेकलाल भुसाल र ५५ वर्षकी श्रीमती जुठी भुसाल घरभित्रै मृत फेला परेको इलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ ।

मृतक श्रीमान् भर्‍याङमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए भने श्रीमती खाटमा फेला परेकी छन् । घटना हुँदा घरमा कोही नभएको बताइएको छ । प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement