कोरोना संक्रमित थपिएपछि कपिलवस्तुलाई जेठ ५ सम्म शील गरियो


कपिलवस्तु – कोरोनाभाइरसको उच्च जोखिम बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई जेठ ५ सम्म शील गर्ने निर्णय गरेको छ । आज साँझ ५ बजेदेखि जिल्लालाई शील गर्ने निर्णय गरेको हो ।

पछिल्लो समय भारतबाट लुकिछपी आउने क्रम बढेको छ भने सीमा नाकामा २१ सयभन्दा बढी नेपाली जम्मा भएका छन् । भारतबाटै आएकाहरुमा कोरोना संक्रमण भेटिएपछि सुरक्षा समितिले जिल्लाका सबै नाका शील गर्ने निर्णय गरेको हो ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौड्यलद्वारा जारी सूचनामा आज साँझ ५ बजेदेखि जेठ ५ गते १२ बजेसम्म शील गर्ने निर्णय भएको उल्लेख छ। तरकारी तथा खाद्यान्न किनमेलका लागि विहान ७ बजेदेखि ९ बजेसम्म समय छुट्याइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement