कप्तानगञ्ज घटनामा ज्यान गुमाएका जय र ओमका आफन्तले बुझे शव, आजै अन्त्यष्टि

कप्तानगञ्ज घटनामा ज्यान गुमाएका जय र ओमका आफन्तले बुझे शव, आजै अन्त्यष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवाको शव आफन्तले बुझेका छन् । शुक्रबार जयप्रकाश मेहता र ओमप्रकाश मेहताको शव पोस्टमार्टमपछि आफन्तले बुझेका हुन् ।

गृहमन्त्री सुधन गुरुङसँग औपचारिक सहमति भइसकेपछि पनि आफन्तले अस्वीकार गरेपछि सुनसरी प्रहरीले परिवारका सदस्यसँग भेट गरेर शव बुझ्ने वातावरण बनाएको हो।

आफन्तले शव बुझेपछि कोसी अस्पतालमा पोष्टमार्टम गरेर आजै अन्तेष्टि गर्न शवलाई लगिएको छ। गाडीमा राखेर शवयात्रा गर्दै कप्तानगञ्ज लगिएको हो ।

गत आइतबार राति देवानगञ्ज गाउँपालिका कप्तानगन्जमा भएको विवादका क्रममा प्रहरीले गोली चलाउँदा स्थानीय ओमप्रकाश मेहताको सोही राति मृत्यु भएको थियो। यस्तै गोली लागेर घाइते भएका जयप्रकाश मेहताको बिहीबार उपचारका क्रममा मृत्यु भएको थियो।