अन्तरास्ट्रिय

कारबाहीमा ६० आतङ्ककारीको मृत्यु

अफगानिस्तान – अफगानिस्तानको गोर प्रान्तमा अफगान सुरक्षाबलले करिब एक महिनासम्म गरेको सुरक्षा कारबाहीको क्रममा ६० जना तालिबान लडाकू मारिएका छन् । सो कारबाहीको क्रममा सुरक्षा बलले १०० भन्दा बढी गाउँ पुनः कब्जामा लिएको प्रान्तीय प्रहरी प्रमुख वाहिदुल्लाह शुक्रबार बताएका छन् ।

dish home

गोर प्रान्तको प्रान्तीय राजधानी फिरोज कोहमा करिब एक महिना भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ६० सशस्त्र तालिबान लडाकू मारिनुको साथै एक सय भन्दा बढी घाइते भएका थिए । सो सुुरक्षा कारबाहीको क्रममा १०८ ओटा गाउँ तथा क्षेत्र पुनः सरकारको कब्जामा आएको निजामीले पुष्टि गर्नु भएको हो ।

यस कारबाहीको क्रममा सुरक्षाबलतर्फको क्षतिको भने कुनै समाचार प्राप्त नभएको जनाइएको छ । तालिबानका प्रवक्ता जाबिउल्लाह मुजाहिदले गोर प्रान्तमा सुरक्षाबलले झडप भएको पुष्टि गरेका छन् । तर प्रान्तीय प्रहरी प्रमुखको दाबीलाई भने उनले अस्वीकार गरेका छन् । सिन्ह्वा

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
NEA
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top