सुपरस्टारका छोराछोरीहरु ‘परिवारवाद’का कारण मात्र हिट भएका छैनन्ः करिना कपुर


एजेन्सी – बलिउडमा ‘नेपोटिज्म’को बहस चर्किएपछि नायिका करिना कपुरले आफ्नो २१ बर्ष लामो चलचित्र नगरीको करिअर परिवारवादका कारण मात्र संभव नभएको बताएकी छिन् ।

बलिउडमा २१ बर्ष लामो यात्रा गरिसकेकी करिनाले भारतीय मिडियासँग कुरा गर्दै दर्शकले स्किार नगरेको भए आफ्नो २१ वर्षे लामो यात्रा संभव नभएको बताइन् ।

उनले आफ्नो २१ बर्षको यात्रा परिवारवादका कारण मात्र संभव नभएको बताउँदै भनिन्, ‘बलिउड पृष्ठभूमीबाट यो क्षेत्रमा आएपनि मैले निकै संघर्ष गरेको छु, बलिउडमा सुपरस्टारहरुका छोराछोरीहरु परिवारवादका कारण मात्र हिट भएका छैनन् ।’

करिनाले दर्शकले नै आफूहरुलाई बनाउने भन्दै अरु कसैबाट पनि यो संभव नभएको तर्क गरिन् । नायक सुशान्त सिंह राजपुतले आत्महत्या गरेपछि बलिउडमा ‘नेपोटिज्म’को बहस चर्को भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement