विरोधीलाई करिश्माको जवाफ : सुन्दरताकै कारण फिल्ममा यति लामो यात्रा गरिस् भन्न मिल्छ ?


काठमाण्डु- अभिनेत्री करिश्मा मानन्धरले आफु नेपाली फिल्म क्षेत्रमा अभिनय र आफ्नो सौन्दर्यका कारण टिकेको बताएकी छन् । उनले राजधानीमा आयोजित एक कार्यक्रममा आफ्नो सौन्दर्यले अभिनयलाई छायाँमा पर्न नदिएको दावी गरेकी हुन् ।

उनले कार्यक्रममा बोल्दै आफ्नो अभिनय कला र सौन्दर्यकै कारण लामो समयसम्म फिल्म क्षेत्रमा आफुले अभिनय गर्न पाएको बताइन् । उनले शनिबार युनिसेक्स ब्युटी पार्लरको रिबट काटेर उद्घाटन गर्दै भनिन, ‘मैले फिल्म क्षेत्रमा निकै लामो यात्रा गरेँ । यो सौभाग्य कमैले पाउँछन् । म त्यो भाग्यमानी कलाकार हुँ । अनि मैले कसरी सुन्दरताकै कारण यति लामो यात्रा गरेँ भन्न मिल्छ ?’ उनले हरेक मान्छेको सौन्दर्यता सधैँ नरहेने हुँदा अभिनयलाई पनि निखारदै लैजानु पर्ने तर्क गरेकी छन् । उनले अगाडी भनिन्, ‘सुन्दरता भन्ने सँधै रहन्न । कलाकारले अभिनयलाई प्रखर बनाउँदै लैजानुपर्छ ।’

अभिनेत्री करिश्मा फिल्म क्षेत्रमा प्रवेश गरेदेखि अहिलेसम्म पनि उस्तै रहेकी छन् । उनको हरेक मान्छेले अभिनयका साथै सौन्दर्यताको प्रशंषा गर्दै आएका छन् । अभिनेत्री मान्नधरको सौन्दर्यको चर्चा हुने गर्दछ । अभिनयमा पनि राम्रो क्रेज बनाएर थुप्रै हिट फिल्म दिन सफल उनी जहाँ पुग्छिन् त्यहाँ सुन्दरताको चर्चा हुन्छ । जहिले पनि सुन्दरताको कारण चर्चाको बिषय बन्ने करिश्मालाई फिल्ममा सुन्दरताकै कारण टिकेको आरोप पनि लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement