तत्काल राजनीति दलमा जाने सोचमा छैन : करिष्मा


काठमाण्डु – नायिका करिष्मा मानन्धरले आफू एमालेमा प्रवेश गर्न लागेको हल्ला झुटो भएको बताएकी छन् । अभिनेत्री मानन्धरले तत्काल कुनै पनि राजनीतिक दलमा नजाने बताएकी हुन् ।

“मैले यस अगाडि पनि धेरै ठाउँमा भनिसकेको छु, म तत्काल कुनै पनि राजनीतिक दलमा जाने सोचमा छैन भनेर,” उनले भनिन् । मानन्धरले बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी थिइन् । उक्त भेटसँगै उनी एमालेमा प्रवेश गर्न लागेको हल्ला बाहिरीएको थियो ।

अध्यक्ष ओलीसँगको भेटमा पार्टी प्रवेशका विषयमा कुरा नभएको उनले बताइन् । “अरु–अरु थुप्रै विषयमा कुरा भए । सिनेमा हलहरु बन्द छन् । सिनेमा क्षेत्र बन्द छ अब कसरी सहज अवस्थामा फर्काउने भन्ने विषयमा कुरा भयो । चलचित्रका विषयमा कुरा भयो,” उनले भनिन्, “म अहिले मुन्द्रेको कमेडी क्ल्बमा रहेकाले यस विषयमा पनि कुरा भयो । मलाई लाग्छ यो स्वाभाविक पनि हो ।”

प्रतिक्रिया दिनुहोस
Advertisement