समय कटाउन कठिन भए योगा गर्नुस्ः करिष्मा मानन्धर


काठमाडौं – नायिका करिष्मा मानन्धरले कोरोना भाइरसको संक्रमणको जोखिमबाट बच्न आग्रह गरेकी छिन् । विश्व नै कोरोना भाइरसको संक्रमणबाट आक्रान्त बनिरहेका बेला यसबाट बेलैमा सचेत रहन करिष्माले सबैसँग आग्रह गरेकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश दिँदै उनले आफूले सुरुका दिनदेखि नै सचेतना अपनाएको भन्दै अरुलाई पनि आफ्नो स्वास्थ्यको ख्याल राख्न भनेकी छिन् ।

घरमै बसेर समय कटाउन कठिन भए योगा गर्न उनको सुझाव छ । कोरोनाको मनोवैज्ञानिक त्रास हटाउन योगा उपयुक्त विकल्प भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement