करिष्मा मानन्धरले एसईईमा ल्याइन् ‘बी प्लस’


काठमाडौं – नायिका करिष्मा मानन्धरले (एसईई)मा बी प्लस ल्याएकी छन् । आज नतिजा सार्वजनिक हुनेबित्तिकै आफूले पनि हेरेको उनले जानकारी दिइन् ।

काठमाडौंको मैतीदेवीस्थित त्रिवेणी पब्लिक स्कुलमा अध्ययन गरेकी करिष्माले डिल्लीबजारमा रहेको विजय स्मारक मावि परीक्षा केन्द्रबाट परीक्षा दिएकी थिइन् ।

यसवर्ष चार लाख ५० हजार २७५ परीक्षार्थी परीक्षामा सामेल भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement