सेनाका उपरथी बालकृष्ण कार्कीको नाम रथी बढुवाका लागी सिफारीस


काठमाण्डु – नेपाली सेनाका उपरथी बालकृष्ण कार्कीको नाम रथी बढुवाका लागी सिफारिस भएको छ । कामु प्रधानसेनापति प्रभुराम शर्माले वरियताका आधारमा कार्कीको नाम रथी बढुवाका लागी सिफारीस गरेका हुन ।

सैनिक मुख्यालयले आइतबार उनी बिरुद्ध केही उजुरबाजुर भए जानकारी गराउन सातदिने सूचना प्रकाशित गरेको छ ।

सेनामा २४ बेसिकका कार्कीले सुदुरपश्चिम पृतनामा पृतनापतिको जिम्मेवारी सम्हालेका थिए । उनले चीनबाट एनडिसी गरेका छन् । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले भदौ २४ मा अवकास पाउंदैछन् । उनकै रिक्त दरबन्दीमा शर्माले कार्कीको बढुवा सिफारीस गरेका हुन ।

कामु सेनापति शर्माले वरियताका आधारमा उनको बढुवा सिफारीस गरेर सेनामा पद्धतीअनुसार आफुले काम गर्ने सन्देश दिएका छन् । सेनामा आगामी असोज २६ मा सेनाका अर्कारथी ईश्वर हमालले अवकाश पाउंदैछन् । उनको ठाउंमा हाल सैनिक गूप्तचर महानिर्देशनालयको प्रमुख रहेका उपरथी सरोजप्रताप राणा तीन तारे जर्नेलमा बढुवा हुने लाईनमा छन् ।

यो पनि पढ्नुहोस-   सेनामा यी हुन रथी दुई दावेदार

प्रतिक्रिया दिनुहोस
Advertisement