कामु प्रधानन्यायाधीश कार्की र प्रमुख आयुक्त थपलियाबीच भेटवार्ता


काठमाण्डु- कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच भेटवार्ता भएको छ ।

आइतबार भएको भेटवार्तामा कामु प्रधानन्यायाधीश कार्की र प्रमुख निर्वाचन आयुक्त थपलियाबीच संघीय निर्वाचनको विषयमा छलफल भएको हो ।

कामु प्रधानन्यायाधीश कार्कीलाई भेट्न थपलिया सर्वोच्च पुगेका थिए । उनीहरुबीच आगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनमा निर्वाचन अधिकृत र न्याय सेवाका कर्मचारीहरुको मागका विषयमा कुराकानी भएको स्रोतले बताएको छ ।

आयोगले जिल्ला न्यायाधीशलाई प्रमुख निर्वाचन अधिकृत बनाउने गरेको छ । त्यस्तै न्याय, कानुन र सरकारी वकिल समूहका कर्मचारीहरुलाई पनि निर्वाचनमा खटाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement