प्रधानसेनापतिद्धारा रथीमा बढुवा भएका कार्कीलाई दर्ज्यानी चिह्न प्रदान


काठमाण्डु – नेपाली सेनाका उपरथी बालकृष्ण कार्की रथी दर्जामा बढुवा भएका छन् ।

भदौ २९ गते बढुवा भएका कार्कीलाई प्रधानसेनापति प्रभुराम शर्माले जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमकाबीच रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

रथी दर्जामा पदोन्नति भएका कार्की बलाध्यक्षमा नियुक्ति भएका छन् । साथै उनलाई निमित्त बलाधिकृतको जिम्मेवारी समेत दिईएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement