सेनालाई विवादमा ल्याएको भन्दै एन्फा अध्यक्षलाई निलम्बन गर्न माग


काठमाडौं – सांसद प्रदीप यादवले नेपाल फूटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पालाई तत्काल निलम्बन गर्न माग गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद यादवले गलत अभिव्यक्ति दिने अध्यक्ष शेर्पालाई कानुनी कारबाही गर्न माग गरेका हुन् ।

उनले शेर्पाले मधेश पहाड र हिमाललाई टुक्र्याउने अभिव्यक्ति दिएकाले कारबाही गर्नुपर्ने माग गरेका छन् ।

‘१७ सय किलोमिटर बोर्डरको रक्षा मधेशीले गर्छ । हामी बिना तलब, बर्दीको सिपाही हौं । बोर्डरका सिपाही हामी मधेशीमाथि गलत अभिव्यक्ति दिने कर्माछिरिङलाई तत्काल निलम्बन गर्न माग गर्दछु’, उनले भने ।

उनले अध्यक्ष शेर्पाले मधेशीलाई राष्ट्रियता सिकाएकाले उनलाई कारबाही गर्नुपर्ने माग गरेका हुन् ।

‘मधेशीहरुको राष्ट्रियता आउँदैन । राष्ट्रियता देखाउनुपर्छ । सेनाको मार्फ राष्ट्रियता देखाउनुपर्छ । कर्माछिरिङले सेनालाई पनि मुछ्नु भएको छ । मधेशीलाई उहाँले राष्ट्रियता सिकाउने हो ?’, उनले भने ।

कर्माछिरिङले खेलकुदमन्त्री जगत विश्वकर्माको आडमा मेधशीविरुद्ध गलत अभिव्यक्ति दिएको आरोप लगाएका छन् ।

‘उहाँले सेनालाई पनि मुछ्नु भएको छ । सेना हाम्रो पवित्र संस्था हो । सेना हाम्रो मुटु हो’, उनले भने ।

त्यस्तै उनले संघले बजेट नदिए वीरगञ्जको रंगशाला प्रदेश सरकारले बनाउने बताएका छन् । उनले त्यो रंगशाला तुहाउनका लागि राष्ट्रिय फूटबल संघ ९एन्फा०ले मन्त्रीलाई पकडमा लिएको बताएका छन् ।

‘वीरगञ्जको रंगशालका लागि ५० लाख रकम छुट्याएको थियो । सुन्दा खेरी त ५० लाख छ तर, त्यो रंगशाला दशरथ रंगशाला जस्तो हो । स्थानीइ जनताको लेबबिाट त्यो रंगशाला बनेको हो । त्यो रंगशाला अहिले कोमा गइसकेको छ । अहिले त्यो रंगशालामा एउटा सानो पार्ट पनि केही हुन सक्दैन’, उनले भने ।

खेलकुदमन्त्री विश्वकर्मालाई एन्फाले १७ करोड रुपैयाँ रकम दिएको खुलासा भएको छ ।

सांसद शाहले वर्तमान एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले दुरबिन नेपाल नामक अनलाइनमा अन्तर्वार्ता दिँदै यस्तो बताएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement