कर्णाली प्रदेशसभा तेस्रो अधिवेशन अन्त्य


सुर्खेत – कर्णाली प्रदेशसभा दोस्रो कार्यकालको तेस्रो अधिवेशन अन्त्य गरिएको छ ।

सोमबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको छ ।

तेस्रो अधिवेशनमा ११ वटा बैठक बसेका छन् भने १२ घण्टा ५६ मिनेट समय खर्च भएको छ । तेस्रो अधिवेशनको पहिलो बैठक फागुन ३० गते सुरु भएको थियो । प्रदेश प्रमुख तिलक परियारले दोस्रो कार्यकालको तेस्रो अधिवेशन अन्त्य गरेको पत्र प्रदेशसभा सचिवालयमा पठाइएको थियो ।

प्रदेश प्रमुख परियारले संविधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्य गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement