सुर्खेत – कर्णाली प्रदेश सभाको चालू अधिवेशन अन्त्य भएको छ ।
मंगलबार राति १२ बजेदेखि चालू अधिवेशन अन्त्य भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको छ ।
जेठ ११ गतेबाट चालू अधिवेशन सुरू भएको थियो । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको चौथो अधिवेशनमा प्रदेश सभाका ३१ वटा बैठक बसेका संसद सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।
प्रतिक्रिया