काठमाण्डु – कर्णाली प्रदेशमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाही मुख्यमन्त्री नियुक्त भएका छन् ।
मंगलबार नेकपा र नेकपा एमालेको समर्थनमा शाहीलाई प्रदेश प्रमुख यज्ञराज जोशीले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
शाही कर्णाली प्रदेशको ५औँ मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनले मुख्यमन्त्री पद तथा गोपनीयताको शपथ ग्रहण भोलि बुधबार गर्ने कार्यक्रम रहेको जनाइएको छ ।





प्रतिक्रिया