यी हुन् कर्णाली प्रदेशका ११ निर्णय


सुर्खेत–कर्णाली प्रदेश सरकारले विभिन्न ११ वटा निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दुईवटा विधेयकलाई कर्णाली प्रदेशसभामा पेश गर्न स्वीकृत गरेको छ।

यी हुन् निर्णय
–खाद्य उत्पादन, अधिकार तथा सम्प्रभूता सुनिश्चित गर्न बनेको विधेयक २०७५ प्रदेशसभामा पेश गर्न स्वीकृत
–सार्वजनिक–निजी साझेदारीसम्बन्धी विधेयक २०७५ प्रदेशसभामा पेश गर्न स्वीकृत

–प्रदेश सेवामा खटिएका कर्मचारीलाई पदस्थापना गर्नलाई बनेको कार्यविधि २०७५ स्वीकृत
–आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्रस्तावमा प्रदेशस्तरीय गोदाम घर निर्माणका लागि स्वीकृति प्रदान
–कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ पहिलो संशोधन स्वीकृत

–कर्णाली प्रदेश योजना तर्जुमा मार्गदर्शन २०७५ लाई स्वीकृत
–बहुवर्षीय ठेक्का बन्दोबस्तीसम्बन्धी निर्देशिका २०७५, बजेट तर्जुमा
–कार्यान्वयनसम्बन्धी निर्देशिका २०७५ तथा उपभोक्ता संरक्षण गर्नेसम्बन्धी बनेको विधेयक मस्यौैदालाई स्वीकृति

–समपूरक अनुदानसम्बन्धी योजनाहरु स्वीकृत
–प्रादेशिकस्तरीय टेलिभिजन र रेडियो स्थापना गर्न सङ्घीय सरकारसँग सहमति माग्ने निर्णय

प्रतिक्रिया दिनुहोस
Advertisement