कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले पर्सि विश्वासको मत लिने


सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पर्सि बिहीबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् ।

उनले विश्वासको मत लिन मंगलबार प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराइसकेका छन् ।

प्रदेश सभाका सूचना अधिकारी उपेन्द्र गुरुङले बिहीबार विश्वासको मत लिने गरी पत्र दर्ता भएको जानकारी दिए ।

मंगलबार मुख्यमन्त्री कँडेल र माओवादी संसदीय दलका नेता राजकुमार शर्माबीच भागबण्डाको विषयमा छलफल भएको छ ।

सत्तारुढ गठबन्धनभित्र भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार भने कार्य अनिश्चित छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement