कर्णालीमा भागबण्डा टुङ्गियो, मुख्यमन्त्रीले बैशाख १३ गते विश्वासको मत लिने


काठमाण्डु- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बैशाख १३ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री कँडेलले वैशाख १३ गते विश्वासको मत लिन प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएका छन् ।

गठबन्धन दल एमाले र माओवादीबीच मन्त्रालयको बाँडफाँडमा सहमति जुटेपछि मन्त्रीपरिषद् विस्तार गरेको भोलिपल्टै विश्वासको मत लिने सहमति भएको हो ।

यस्तै एमालेले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा योजना मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिने भएको छ ।

चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले नेता कँडेलले गठबन्धनमा रहेका दलहरुबीच सहमति जुट्न नसक्दा अहिलेसम्म सरकार गठन समेत गर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement