कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ


काठमाण्डु- कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधवार उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराएका हुन् ।

मुख्यमन्त्री यामलाल कँडेलले माओवादीका रणसिंहलाई आज विहान मात्रै मन्त्रीमा नियुक्त गरेका थिए । माओवादी संसदीय दलको बैठकले उनलाई विनाविभागीय मन्त्रीको रूपमा पठाउने निर्णय गरेको थियो ।

चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले बिहीबार उनले संसदबाट विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement