कर्णालीका मुख्यमन्त्री शर्माले दोस्रोपटक पाए विश्वासको मत


सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रोपटक प्रदेशसभामा विश्वासको मत पाएका छन् ।

प्रदेशसभाको शुक्रबार दिउँसो बसेको नवौँ बैठकमा मत विभाजन गर्दा मुख्यमन्त्री शर्मालाई प्रदेशसभा बैठकमा उपस्थित ३९ सांसदमध्ये ३८ जनाले विश्वासको मत दिएका थिए । विपक्षमा १ मत मात्रै परेको छ ।

उनले राप्रपा बाहेक सबै दल र स्वतन्त्र सांसदको समेत मत प्राप्त गरेका छन् ।

गत माघ १८ गते राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले शुक्रबार प्रदेशसभामा पुनः विश्वासको मत लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement