कर्णालीका मुख्यमन्त्री शर्माले आज तेस्रो पटक विश्वासको मत लिँदै


सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज तेस्रोपटक विश्वासको मत लिदैछन्। नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मु्ख्यमन्त्री शर्माले आज अपरान्ह ३ बजे प्रदेशसभाबाट तेस्रो पटक विश्वासको मत लिन लागेका हुन्।

शुक्रबार मुख्यमन्त्री शर्मालाई नेपाली कांग्रेस ,नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले विश्वासको मत दिने तयारी छ । कूल ४० सदस्य प्रदेश सभामा सबै भन्दा ठूलो दल नेपाली कांग्रेसका १४ जना,नेकपा माओवादी केन्द्रका १३ जना र एकीकृत समाजवादीका १ जना गरी २८ जनाले विश्वासको मत दिनेछन् ।

जुम्लाबाट स्वतन्त्र निवाचित सांसद देवेन्द्रबहादुर शाहीले पनि प्रदेश सरकारलाई विश्ववासको मत दिने बुझिएको छ ।

माओवादी केन्द्र संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री शर्मा पुस २७ गते गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। त्यतिबेला शर्मा नेकपा एमाले,नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मु्ख्यमन्त्रीमा नियुक्त भएका थिए।

उनले माघ ६ गते पहिलो पटक विश्वासको मत लिएका थिए। तर राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शर्माले चैत्र १७ गते दोस्रो पटक विश्वासको मत लिएका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement