कर्णालीमा तीन मन्त्रीले लिए सपथ, सबै महिला मन्त्री

कर्णालीमा तीन मन्त्रीले लिए सपथ, सबै महिला मन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कर्णाली प्रदेश सरकारमा नेकपाबाट तीनजना मन्त्री नियुक्त भएका छन् । उनीहरू सबै महिला हुन् ।

प्रदेश प्रमुख यज्ञराज जोशीले नवनियुक्त मन्त्रीहरूलाई बिहीबार पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीमा मिलन खड्का, उद्योग, पर्यटन,वन तथा वातावरणमन्त्रीमा कल्याणी खड्का र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा जुम्कित लामाले पद तथा गोपनीयताको शपथ लिएका छन् । तीनैजना मन्त्री समानुपातिक कोटाबाट सांसद बनेका हुन् ।

तीन मन्त्रीको नियुक्तिसँगै कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ ।