कर्णालीका दुई मन्त्रीले लिए शपथ


काठमाण्डु – कर्णाली प्रदेशका दुई जना मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् ।

सोमबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्मा र आन्तरिक मामिला तथा कानुनमन्त्री सीता नेपालीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

मुख्यमन्त्री शाहीले आइबार मन्त्रिपरिषद् विस्तार गर्दै नेपाली र शर्मालाई मन्त्रीमा नियुक्त गरेका थिए । उनले एक जना मन्त्रीलाई सपथ नलिंदै हटाएका छन् । हटाइनेमा सांसद विन्दमान विष्ट रहेका छन ।

प्रतिक्रिया दिनुहोस
Advertisement